नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा : Icon Khabar

काठमाडौं, चैत ९ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।सुजलले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहिसकेका सुजल श्रेष्ठले नेपाल छाडेर अष्ट्रेलिया पलायन हुनुअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।सुरक्षित भबिस्यका लागि सुजल बिहीबार राति अष्ट्रेलिया प्रस्थान गर्दै छन् । उनीहरुले बेनी एफसीबाट अष्ट्रेलियामा स्थानीय फुटबल खेल्ने बताएका छन् ।

‘११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुसीका पल त केहि दुखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलिबाट आफ्नो सन्यास घोषणा गर्दछु,’ सुजलले लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरे । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान छन् । र, म विश्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नया पुस्ताको हो ।

”सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रीय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रसिक्षकहरुलाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो,’ सुजलले आफ्नो फेसबुक पेज मार्फत भने ।

सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका सुजलले सन्यासका लागि यो उपयुक्त समय भएको बताएका छन् ।एन्फा एकेडेमीका उत्पादन सुजलले नेपाली राष्ट्रिय टोलीबाट ४५ खेल खेल्दै ३ गोल गरेका छन् ।

Published Date: 23 March 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली