नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न गृहकार्य थाले

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न गृहकार्य थाले : Icon Khabar

काठमाडौं, चैत ९ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले गृहकार्य थालेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुवै कम्पनीलाई भैरहवामा आफ्नो बेस राख्न र नियमित उडान सञ्चालन गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । जिबिआइबाट नियमित उडान सुरु गर्न दुवै कम्पनीले गृहकार्य थालिसकेका उनले बताए ।

‘उडानको शैलीसहितका कागजात बुझाउन निर्देशन दिएका छौं,’ निरौलाले भने, ‘स्लटका लागि दुवै कम्पनी प्रक्रियामा आउन बाँकी छ ।

हिमालय एयरलाइन्सले तीन महिनाअघि नियमित उडान सुरु गरेको थियो भने निगमले उडान योजना अगाडि बढाएको थियो । तर, प्रतिकूल मौसमका कारण हिमालय एयरलाइन्सले नियमित उडान स्थगित गरेको छ ।

त्यसैगरी, गत जेठदेखि नियमित व्यावसायिक उडान गर्दै आएको जजिरा एयरवेजले अहिले सातामा तीन उडान गरिरहेको छ । यो विमानस्थल करिब एक वर्षदेखि सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न