नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न गृहकार्य थाले

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न गृहकार्य थाले : Icon Khabar

काठमाडौं, चैत ९ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले गृहकार्य थालेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुवै कम्पनीलाई भैरहवामा आफ्नो बेस राख्न र नियमित उडान सञ्चालन गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । जिबिआइबाट नियमित उडान सुरु गर्न दुवै कम्पनीले गृहकार्य थालिसकेका उनले बताए ।

‘उडानको शैलीसहितका कागजात बुझाउन निर्देशन दिएका छौं,’ निरौलाले भने, ‘स्लटका लागि दुवै कम्पनी प्रक्रियामा आउन बाँकी छ ।

हिमालय एयरलाइन्सले तीन महिनाअघि नियमित उडान सुरु गरेको थियो भने निगमले उडान योजना अगाडि बढाएको थियो । तर, प्रतिकूल मौसमका कारण हिमालय एयरलाइन्सले नियमित उडान स्थगित गरेको छ ।

त्यसैगरी, गत जेठदेखि नियमित व्यावसायिक उडान गर्दै आएको जजिरा एयरवेजले अहिले सातामा तीन उडान गरिरहेको छ । यो विमानस्थल करिब एक वर्षदेखि सञ्चालनमा आएको हो ।

Published Date: 23 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर