तपाईलाई फर्सी खान कतिको मनपर्छ ? धेरै छन् फाइदै फाइदा

तपाईलाई फर्सी खान कतिको मनपर्छ ? धेरै छन् फाइदै फाइदा : Icon Khabar

काठमाडौँ, चैत ८ । फर्सी धेरैलाई मन पर्ने तरकारी हो । हरियो वा पाकेको दुबै फर्सीको फरक फरक स्वाद हुन्छ । यसमा प्रसस्त मात्रामा भिटामिन र खनिज पाइन्छ । पोटासियम र बिटा क्यारोटिन प्रचुर मात्रामा पाइने फर्सीमा बिटा क्यारोटिन पाइन्छ ।

जो पछि भिटामिन ए मा परिणत हुन्छ । यसमा क्याल्सियम र म्याग्नेसियमसहित भिटामिन ई, सी र भिटामिन बीका केही प्रकार पाइन्छ । दैनिक सय ग्राम फर्सी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनका फाइदाहरु निम्न छन् ।

१. फर्सीमा भिटामिन सी र ईसँगै बिटा क्यारोटिन पाइन्छ । यी पोषक तत्वहरुले छाला स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्दछ ।

२. शरीरले प्राकृतिक रुपमा भिटामिन सी बनाउँदैन । त्यसैले फर्सीको सेवनबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ । जसले चोटपटक र घाउ निको पार्न सघाउँछ ।

३. फर्सीमा पाइने भिटामिन ई एक महत्वपूर्ण एन्टिअक्सिडेन्ट हो, जसले भिटामिन सीसँगै सक्रिय भएर घामले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभाव र छाला सुख्खा हुनबाट जोगाउँछ ।

४. फर्सीमा पाइने भिटामिन ए वा बिटा क्यारोटिनले पनि छालाको सुरक्षा गर्छ । घामका पराबैजनी किरणबाट जोगाउँछ । साथै यसले घामबाट हाम्रो शरीर डढ्नबाट बचाउँछ ।

५. यसमा पाइने भिटामिन एले दृष्टि क्षमता घटेका वा अन्धोपन हुने समस्याबाट बचाउँछ । फर्सीमा हुने बिटा क्यारोटिन, भिटामिन सी र ईले दृष्टि क्षमता जोगाउनुका साथै वृद्धावस्थामा पनि दृष्टि क्षमता कमजोर हुनबाट जोगाउँछ ।

६. मधुमेह, मोटोपन र उच्च रक्तचाप सबैलाई समग्रमा मेटाबोलिक सिन्ड्रोम भनिन्छ । जसमा फर्सीको सेवनले यी समस्याबाट जोगाउँछ ।

७. फर्सीको सेवनले रोग प्रतिरोध क्षमता बढाउन भुमिका खेल्दछ । साथै पाचनप्रणाली पनि राम्रो बनाउँछ ।

. फर्सीमा पाइने क्यारोटिनोइड, भिटामिन ए र भिटामिन ईजस्ता एन्टिअक्सिडेन्टले स्तन क्यान्सरबाट जोगाउँछ । साथै फोक्सोको क्यान्सर घटाउन मद्दत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts