तपाईलाई फर्सी खान कतिको मनपर्छ ? धेरै छन् फाइदै फाइदा

तपाईलाई फर्सी खान कतिको मनपर्छ ? धेरै छन् फाइदै फाइदा : Icon Khabar

काठमाडौँ, चैत ८ । फर्सी धेरैलाई मन पर्ने तरकारी हो । हरियो वा पाकेको दुबै फर्सीको फरक फरक स्वाद हुन्छ । यसमा प्रसस्त मात्रामा भिटामिन र खनिज पाइन्छ । पोटासियम र बिटा क्यारोटिन प्रचुर मात्रामा पाइने फर्सीमा बिटा क्यारोटिन पाइन्छ ।

जो पछि भिटामिन ए मा परिणत हुन्छ । यसमा क्याल्सियम र म्याग्नेसियमसहित भिटामिन ई, सी र भिटामिन बीका केही प्रकार पाइन्छ । दैनिक सय ग्राम फर्सी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनका फाइदाहरु निम्न छन् ।

१. फर्सीमा भिटामिन सी र ईसँगै बिटा क्यारोटिन पाइन्छ । यी पोषक तत्वहरुले छाला स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्दछ ।

२. शरीरले प्राकृतिक रुपमा भिटामिन सी बनाउँदैन । त्यसैले फर्सीको सेवनबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ । जसले चोटपटक र घाउ निको पार्न सघाउँछ ।

३. फर्सीमा पाइने भिटामिन ई एक महत्वपूर्ण एन्टिअक्सिडेन्ट हो, जसले भिटामिन सीसँगै सक्रिय भएर घामले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभाव र छाला सुख्खा हुनबाट जोगाउँछ ।

४. फर्सीमा पाइने भिटामिन ए वा बिटा क्यारोटिनले पनि छालाको सुरक्षा गर्छ । घामका पराबैजनी किरणबाट जोगाउँछ । साथै यसले घामबाट हाम्रो शरीर डढ्नबाट बचाउँछ ।

५. यसमा पाइने भिटामिन एले दृष्टि क्षमता घटेका वा अन्धोपन हुने समस्याबाट बचाउँछ । फर्सीमा हुने बिटा क्यारोटिन, भिटामिन सी र ईले दृष्टि क्षमता जोगाउनुका साथै वृद्धावस्थामा पनि दृष्टि क्षमता कमजोर हुनबाट जोगाउँछ ।

६. मधुमेह, मोटोपन र उच्च रक्तचाप सबैलाई समग्रमा मेटाबोलिक सिन्ड्रोम भनिन्छ । जसमा फर्सीको सेवनले यी समस्याबाट जोगाउँछ ।

७. फर्सीको सेवनले रोग प्रतिरोध क्षमता बढाउन भुमिका खेल्दछ । साथै पाचनप्रणाली पनि राम्रो बनाउँछ ।

८. फर्सीमा पाइने क्यारोटिनोइड, भिटामिन ए र भिटामिन ईजस्ता एन्टिअक्सिडेन्टले स्तन क्यान्सरबाट जोगाउँछ । साथै फोक्सोको क्यान्सर घटाउन मद्दत गर्दछ ।

Published Date: 22 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग