बुधबार नेप्से परिसूचक १५.७६ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १५.७६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ८ । बुधबार नेप्से परिसूचक १५.७६ अंक घटेर १९३३.२९ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६६ स्टकको ३० हजार ४८५ पटकको कारोबारमा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको ३७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीव्न बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय