मधेस प्रदेश सरकारद्वारा राम जानकी रंगशालामा २ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा

मधेस प्रदेश सरकारद्वारा राम जानकी रंगशालामा २ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा : Icon Khabar

जनकपुर, चैत ८ । जनकपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशाला निर्माणका लागि मधेस सरकारले दुई अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

बुधबार रजौलमा निर्माणाधीन रंगशालाको निरीक्षण गर्दै मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले यस्तो घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब रुपैयाँ र मधेस सरकारले २ अर्ब रुपैयाँ थप गरी रंगशाला निर्माण सम्पन्न गर्ने यादवले बताए ।

उनले स्वदेशमै सुविधासम्पन्न नमुना रंगशाला निर्माण गरी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने घोषणा पनि गरे ।

विसं २०७४ मा राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरमा तीन वर्षभित्र सुविधासहितको रंगशाला निर्माण गर्न गुठी संस्थानको लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि भाडामा दिएको थियो ।

त्यसबेला राष्ट्रिय खेलकुद परिषद्ले सो जग्गामा फुटबल रंगशाला, क्रिकेट रङ्गशाला र हक्की रंगशालाका साथै बहुउद्देश्यीय इनडोर कभर्ड हल, कबड्डी, खो-खो र कुस्ती तालिम केन्द्र निर्माण गर्ने योजना बनाएको थियो तर आजसम्म केही भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts




ताजा
सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित