मधेस प्रदेश सरकारद्वारा राम जानकी रंगशालामा २ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा

मधेस प्रदेश सरकारद्वारा राम जानकी रंगशालामा २ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा : Icon Khabar

जनकपुर, चैत ८ । जनकपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशाला निर्माणका लागि मधेस सरकारले दुई अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

बुधबार रजौलमा निर्माणाधीन रंगशालाको निरीक्षण गर्दै मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले यस्तो घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब रुपैयाँ र मधेस सरकारले २ अर्ब रुपैयाँ थप गरी रंगशाला निर्माण सम्पन्न गर्ने यादवले बताए ।

उनले स्वदेशमै सुविधासम्पन्न नमुना रंगशाला निर्माण गरी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने घोषणा पनि गरे ।

विसं २०७४ मा राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरमा तीन वर्षभित्र सुविधासहितको रंगशाला निर्माण गर्न गुठी संस्थानको लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि भाडामा दिएको थियो ।

त्यसबेला राष्ट्रिय खेलकुद परिषद्ले सो जग्गामा फुटबल रंगशाला, क्रिकेट रङ्गशाला र हक्की रंगशालाका साथै बहुउद्देश्यीय इनडोर कभर्ड हल, कबड्डी, खो-खो र कुस्ती तालिम केन्द्र निर्माण गर्ने योजना बनाएको थियो तर आजसम्म केही भएन ।

Published Date: 22 March 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा