प्रधानमन्त्री थ्री नेसन्स कप : आज नेपालले लाओसँग खेल्दै

प्रधानमन्त्री थ्री नेसन्स कप : आज नेपालले लाओसँग खेल्दै : Icon Khabar

काठमाडौं, चैत ८ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा (आज) बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल शुरु हुँदैछ ।

थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपाल र लाओस खेल्दैछ । यो खेल साँझ ६ बजेपछि हुनेछ ।

घरेलु मैदानमा लाओसविरुद्ध खेल्दा नेपाल जितको लक्ष्यमा हुनेछ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जित्दा ट्राइब्रेकरमा किरण नायक बनेका थिए ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताएका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले थ्री नेसन्सका लागि आफुले उत्कृष्ट खेलाडी छनोट गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts