नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध युवाहरुले नाराबाजी गरे

नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध युवाहरुले नाराबाजी गरे : Icon Khabar

काठमाडौं, चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ बानेश्वरमा मंगलबार नाराबाजी गरिएको छ ।

मंगलबार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसमा सहभागी हुन जाँदै गर्दा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

एक युवकले प्रधानमन्त्री दाहाललाई आफ्नो कुरा सुनाउन दिनु पर्ने भन्दै प्रहरीलाई अनुरोध गरेका छन् । तर प्रहरीले युवकलाई समात्न खोज्दा उनले ‘आतंकवादी प्रचण्डलाई मृत्युदण्ड दिऊँ’ भन्ने नारा लगाएर विरोध गरेका थिए ।

यसैबीच अर्का एक युवकले ‘आवाज उठाएमा प्रहरीले हामीलाई बन्द गर्न मिल्दैन’ भन्दै नारा लगाए ।

प्रहरीले दुवै युवालाई गाडीमा हाल्दै गर्दा दुवै युवाले ‘गरिब मार्ने प्रचण्डलाई मृत्युदण्ड दिऊ’, ‘मुल्यवृद्धि बन्द गर’, ‘नालायक सरकार होसियार’, ‘युवा हत्याका लागि होइन’, यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एकजुट गरौं ‘जस्ता नारा लगाएका थिए ।’

प्रहरीले युवकलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्री दाहाल घटनास्थल पुगेका थिए ।

प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उनको अगाडि एक युवाले ‘बैंकको चक्रवृद्धि ब्याज खारेज गर’ भन्ने नारा लगाएका थिए । प्रहरीले तत्कालै युवकलाई पक्राउ गरेको थियो ।

Published Date: 21 March 2023
ताजा
कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा पूर्ण रूपमा बन्द हुने
२०४८ सालदेखि सार्वजनिक पदमा रहेका नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने
सरकारले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गर्ने
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता