नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध युवाहरुले नाराबाजी गरे

नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध युवाहरुले नाराबाजी गरे : Icon Khabar

काठमाडौं, चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ बानेश्वरमा मंगलबार नाराबाजी गरिएको छ ।

मंगलबार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसमा सहभागी हुन जाँदै गर्दा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

एक युवकले प्रधानमन्त्री दाहाललाई आफ्नो कुरा सुनाउन दिनु पर्ने भन्दै प्रहरीलाई अनुरोध गरेका छन् । तर प्रहरीले युवकलाई समात्न खोज्दा उनले ‘आतंकवादी प्रचण्डलाई मृत्युदण्ड दिऊँ’ भन्ने नारा लगाएर विरोध गरेका थिए ।

यसैबीच अर्का एक युवकले ‘आवाज उठाएमा प्रहरीले हामीलाई बन्द गर्न मिल्दैन’ भन्दै नारा लगाए ।

प्रहरीले दुवै युवालाई गाडीमा हाल्दै गर्दा दुवै युवाले ‘गरिब मार्ने प्रचण्डलाई मृत्युदण्ड दिऊ’, ‘मुल्यवृद्धि बन्द गर’, ‘नालायक सरकार होसियार’, ‘युवा हत्याका लागि होइन’, यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एकजुट गरौं ‘जस्ता नारा लगाएका थिए ।’

प्रहरीले युवकलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्री दाहाल घटनास्थल पुगेका थिए ।

प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उनको अगाडि एक युवाले ‘बैंकको चक्रवृद्धि ब्याज खारेज गर’ भन्ने नारा लगाएका थिए । प्रहरीले तत्कालै युवकलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2023
Website | + posts