स्याङ्जाको फेदीखोलामा जिल्लास्तरीय पुरुष भलिबल हुने

स्याङ्जाको फेदीखोलामा जिल्लास्तरीय पुरुष भलिबल हुने : Icon Khabar

काठमाडौं, चैत ६ । यही चैतको दोस्रो शाता स्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिमशिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो । क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले १,११,१११ र दोस्रो हुने टोलीले ७१,१११ प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई आयोजकले नै खानपिन र बासको व्यवस्था गर्ने छ ।

टोलीहरुले प्रतियोगितामा सहभागी हुनका लागि ५,००० प्रवेश शुल्क तिर्नुपर्ने छ । प्रतियोगिताको दौरान ४० वर्ष भन्दामाथीका खेलाडीहरुको भेट्रान्स खेल समेत हुने छ । भेट्रान्सतर्फ प्रथम हुने टोलीले लोकलखसी पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका कोषाध्यक्ष  कृष्णबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिता सफल बनाउन स्वदेश तथा बिदेशमा रहेका शुभ चिन्तकहरुबाट आर्थिक सहयोग जुटेको क्लबले जनाएको छ । प्रतियोगिताका लागि फेदिखोला गाउँपालिकाले समेत वडामार्फत ५० हजार बजेट छुट्टयाएको छ । मेलाको अवसरमा भलिबलका साथै घैटो फुटाउने, छेलो हान्ने खेल पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

मेला र प्रतियोगिताको दौरान स्थानीय र राष्ट्रिय कलाकारहरुले नृत्य र साङ्गितिक प्रस्तुति दिने छन् । सो अवसरमा चर्चित दोहोरी कलाकारहरु श्याम राना मगर, दुर्गा गुरुङ, शंकर बिरही गुरुङ, माया गुरुङलगायत कलाकारले प्रस्तुती दिने आयोजक कलबका अध्यक्ष टुकबहादुर गुरुङ (देउता) ले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । प्रतियोगितामा २० भन्दा बढी टोलीले सहभागीता जनाउने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने अनुमान गरिएको छ ।

वि.स. २०५० सालमा स्थापना भएको हिमशिखर क्लबले नियमित रुपमा यस्ता खेलकुद कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

Published Date: 20 March 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा