अन्जनी क्वाटर फाइननलमा प्रवेश

अन्जनी क्वाटर फाइननलमा प्रवेश : Icon Khabar

काठमाडौँ, चैत ६ । भारतको नयाँदिल्लीमा संचालन भैरहेको IBA Women’s World Boxing Championship मा नेपालको अन्जली टेलीले ५२ के.जी. तौल समुहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएकी छिन् । नेपाल अब विश्व च्यामपियनसिप पदकको लागि एक जित मात्र टाढा छ । खेलको पहिलो राउण्ड ५ जना जज्हरुले अन्जलीलाई जिताएको थियो भने दोश्रो राउण्ड खेल मारियाको पक्षमा गएको थियो तर तेश्रो तथा अन्तीम राउण्डमा मारिया माथी हावीहुँदै खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

अब अन्जलीले मार्च २२ तारिखमा बेला रुसका खेलाडी युलिया अपना सोमिचसँग प्रतिस्पर्धा गर्नेछिन् । आजै भएको अर्को खेलमा युलियाले उजवेकिस्तानका खेलाडीलाई स्पीट डिसिजनमा पराजित गरेको थियो ।

यस अघि नेपालको लागि पदकको आश गरेका सुष्मा तामाङ्ग ४८ के.जी. तौल समुहमा बल्गेरियाका खेलाडीसँग ३–४ अंकको झिनो हार बेहोरी प्रतियोगीताबाट बाहिर भईन । संगिता सुनार ६० के.जी. तौल समूहमा अष्टे«लियाका खेलाडीसँग ४–१ को अन्तरले हार व्यहोरेको थियो । ७० के.जी. तौल समुहको नेपालकी सरस्वती राना सर्वियाका खेलाडीसँग ५–० अंकले हार व्यहोरेको थियो । त्यस्तै मिनु गुरुङ्ग, ५४ के.जी. तौल समुहमा थाइल्याण्डसँग, ५७ के.जी. तौल समुहमा चन्द्रकला थापा भनेजेलाका खेलाडीसँग र ५० के.जी. तौल समुहमा अस्मीत दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अंकको आधारमा पराजित व्यहोरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2023
Website | + posts
ताजा
भक्तपुरमा अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५ हुँदै
मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घट्यो
भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक
तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू