अन्जनी क्वाटर फाइननलमा प्रवेश

अन्जनी क्वाटर फाइननलमा प्रवेश : Icon Khabar

काठमाडौँ, चैत ६ । भारतको नयाँदिल्लीमा संचालन भैरहेको IBA Women’s World Boxing Championship मा नेपालको अन्जली टेलीले ५२ के.जी. तौल समुहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएकी छिन् । नेपाल अब विश्व च्यामपियनसिप पदकको लागि एक जित मात्र टाढा छ । खेलको पहिलो राउण्ड ५ जना जज्हरुले अन्जलीलाई जिताएको थियो भने दोश्रो राउण्ड खेल मारियाको पक्षमा गएको थियो तर तेश्रो तथा अन्तीम राउण्डमा मारिया माथी हावीहुँदै खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

अब अन्जलीले मार्च २२ तारिखमा बेला रुसका खेलाडी युलिया अपना सोमिचसँग प्रतिस्पर्धा गर्नेछिन् । आजै भएको अर्को खेलमा युलियाले उजवेकिस्तानका खेलाडीलाई स्पीट डिसिजनमा पराजित गरेको थियो ।

यस अघि नेपालको लागि पदकको आश गरेका सुष्मा तामाङ्ग ४८ के.जी. तौल समुहमा बल्गेरियाका खेलाडीसँग ३–४ अंकको झिनो हार बेहोरी प्रतियोगीताबाट बाहिर भईन । संगिता सुनार ६० के.जी. तौल समूहमा अष्टे«लियाका खेलाडीसँग ४–१ को अन्तरले हार व्यहोरेको थियो । ७० के.जी. तौल समुहको नेपालकी सरस्वती राना सर्वियाका खेलाडीसँग ५–० अंकले हार व्यहोरेको थियो । त्यस्तै मिनु गुरुङ्ग, ५४ के.जी. तौल समुहमा थाइल्याण्डसँग, ५७ के.जी. तौल समुहमा चन्द्रकला थापा भनेजेलाका खेलाडीसँग र ५० के.जी. तौल समुहमा अस्मीत दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अंकको आधारमा पराजित व्यहोरेका थिए ।

Published Date: 20 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर