अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनसँग सांसद ढकालको भेट

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनसँग सांसद ढकालको भेट : Icon Khabar

काठमाडौँ, चैत ४ । सांसद एकनाथ ढकालले अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनसँग बिहीबार अस्ट्रेलियाको सिड्नीमा भेट गरेका छन् ।

दुई सांसदबीच आपसी हित र साझा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्या समाधानका लागि दुई देशबीचको साझेदारीका विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ । लिबरल पार्टीका नेता, मोरिसनले २०१८ – २०२२ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीको रूपमा सेवा गरे। हाल, उनि संसद सदस्यको रूपमा सेवा गर्दै छ ।

नेपाल परिवार पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री समेत रहेका ढकालले अष्ट्रेलियाको दुईदिने बसाइका क्रममा लेबर पार्टीका सांसदहरु लिन्डा भोल्ट्ज र एन्थोनी डिआडमलगायतसँग भेट गरी पार्टीलाई थप सुदृढ बनाउने र नेपाल र अष्ट्रेलियाबीचको जनस्तरको सम्बन्ध विषयमा छलफल गरेका थिए ।

उपराष्ट्रपतिको निर्वाचनमा भोट हाल्नु परेपछि सांसद ढकाल शुक्रबार स्वदेश फर्किएका छन् ।

Published Date: 18 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर