अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनसँग सांसद ढकालको भेट

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनसँग सांसद ढकालको भेट : Icon Khabar

काठमाडौँ, चैत ४ । सांसद एकनाथ ढकालले अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनसँग बिहीबार अस्ट्रेलियाको सिड्नीमा भेट गरेका छन् ।

दुई सांसदबीच आपसी हित र साझा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्या समाधानका लागि दुई देशबीचको साझेदारीका विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ । लिबरल पार्टीका नेता, मोरिसनले २०१८ – २०२२ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीको रूपमा सेवा गरे। हाल, उनि संसद सदस्यको रूपमा सेवा गर्दै छ ।

नेपाल परिवार पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री समेत रहेका ढकालले अष्ट्रेलियाको दुईदिने बसाइका क्रममा लेबर पार्टीका सांसदहरु लिन्डा भोल्ट्ज र एन्थोनी डिआडमलगायतसँग भेट गरी पार्टीलाई थप सुदृढ बनाउने र नेपाल र अष्ट्रेलियाबीचको जनस्तरको सम्बन्ध विषयमा छलफल गरेका थिए ।

उपराष्ट्रपतिको निर्वाचनमा भोट हाल्नु परेपछि सांसद ढकाल शुक्रबार स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)