जावलाखेलसँग थ्री स्टारको हार

जावलाखेलसँग थ्री स्टारको हार : Icon Khabar

भक्तपुर, चैत ४सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब जावलाखेल युथ क्लबसँग शुक्रबार १–० ले स्तब्ध बनेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा जावलाखेलको जितमा पहिलो हाफमा एनकोटोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेल विजयी हुन सफल भयो । तेस्रो जितसँगै जावलाखेल ५ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । सुरुवाती दुई खेलमा जित निकालेको जावलाखेलले त्यसपछि एपिएफसँग गोलरहित बराबरी खेल्दा फ्रेन्ड्ससँग पराजित भएको थियो ।

जारी लिगमा दोस्रो हार बेहोरिसकेको थ्री स्टार ५ खेलबाट ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । यसअघि थ्री स्टार पहिलो खेलमा एपिएफसँग २–० ले पराजित भएको थियो । त्यसपछि फ्रेन्ड्ससँग बराबरी खेलेको थ्री स्टारले लगातार दुई जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु