जावलाखेलसँग थ्री स्टारको हार

जावलाखेलसँग थ्री स्टारको हार : Icon Khabar

भक्तपुर, चैत ४ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब जावलाखेल युथ क्लबसँग शुक्रबार १–० ले स्तब्ध बनेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा जावलाखेलको जितमा पहिलो हाफमा एनकोटोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेल विजयी हुन सफल भयो । तेस्रो जितसँगै जावलाखेल ५ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । सुरुवाती दुई खेलमा जित निकालेको जावलाखेलले त्यसपछि एपिएफसँग गोलरहित बराबरी खेल्दा फ्रेन्ड्ससँग पराजित भएको थियो ।

जारी लिगमा दोस्रो हार बेहोरिसकेको थ्री स्टार ५ खेलबाट ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । यसअघि थ्री स्टार पहिलो खेलमा एपिएफसँग २–० ले पराजित भएको थियो । त्यसपछि फ्रेन्ड्ससँग बराबरी खेलेको थ्री स्टारले लगातार दुई जित निकालेको थियो ।

Published Date: 18 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर