कुशलले युएईसँगको खेल गुमाउने

कुशलले युएईसँगको खेल गुमाउने : Icon Khabar

काठमाडौं, फागुन २१ । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली  युएई  सँगको खेल गुमाउने भएका छन् । बायाँ खुट्टाको ग्रोइन समस्या पुन बल्झिएपछि कुशलले युएई भ्रमणमा अन्तिम खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

कुशलले गत बुधबार ग्रोइन समस्याको कारण टोलीको अभ्यास गरेका थिएनन् । त्यसपछि कुशल बिहीबार युएईसँग पाँच र पपुवा न्युगिनीसँग रोयल डक आउट भएका थिए । पूर्ण रुपमा फिट नभएपनि उनले खेल्ने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

कुशलको स्थान सन्दीप जोराले लिने भएका छन् । सन्दीप जोरा नेपाली टोलीमै भएपनि अन्तिम १४ जना खेलाडीको सुचिमा थिएनन् । कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित