कुशलले युएईसँगको खेल गुमाउने

कुशलले युएईसँगको खेल गुमाउने : Icon Khabar

काठमाडौं, फागुन २१ । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली  युएई  सँगको खेल गुमाउने भएका छन् । बायाँ खुट्टाको ग्रोइन समस्या पुन बल्झिएपछि कुशलले युएई भ्रमणमा अन्तिम खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

कुशलले गत बुधबार ग्रोइन समस्याको कारण टोलीको अभ्यास गरेका थिएनन् । त्यसपछि कुशल बिहीबार युएईसँग पाँच र पपुवा न्युगिनीसँग रोयल डक आउट भएका थिए । पूर्ण रुपमा फिट नभएपनि उनले खेल्ने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

कुशलको स्थान सन्दीप जोराले लिने भएका छन् । सन्दीप जोरा नेपाली टोलीमै भएपनि अन्तिम १४ जना खेलाडीको सुचिमा थिएनन् । कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

Published Date: 05 March 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा