नेप्से र कारोबार रकम दुबै घट्यो

नेप्से र कारोबार रकम दुबै घट्यो : Icon Khabar

काठमाडौं, फागुन १६ । साताको तेस्रो दिनको कारोबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से ३.८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६२ स्टकको २८ हजार ६८४ पटकको कारोबारमा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार रुपैयाँ बराबरको ३९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।आज लगानी, जलविद्युत, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४५ रुपैयाँ पुगेको छ । यसका साथै आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५१२.५० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल १० प्रतिशतले बढेर प्रतिकित्ता ११३१.९० रुपैयाँ पुगेको छ ।

आज प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित