नेप्से र कारोबार रकम दुबै घट्यो

नेप्से र कारोबार रकम दुबै घट्यो : Icon Khabar

काठमाडौं, फागुन १६ । साताको तेस्रो दिनको कारोबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से ३.८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६२ स्टकको २८ हजार ६८४ पटकको कारोबारमा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार रुपैयाँ बराबरको ३९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।आज लगानी, जलविद्युत, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४५ रुपैयाँ पुगेको छ । यसका साथै आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५१२.५० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल १० प्रतिशतले बढेर प्रतिकित्ता ११३१.९० रुपैयाँ पुगेको छ ।

आज प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ ।

Published Date: 28 February 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी