राप्रपा सरकारबाट बाहिरियो

राप्रपा सरकारबाट बाहिरियो : Icon Khabar

काठमाडौँ, फागुन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज शनिवार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको एक बिज्ञप्ति बाट जानकारी गराएको हो ।

विज्ञप्ति प्रकाशन गर्दै सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ । विज्ञप्तिमा पार्टीले हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वाभाविक चरित्र भएको जनाएको छ ।

साथै प्रदेश सरकारमा पनि यस सम्बन्धि दृष्टिकोण भएकोले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकार बाट समेत बाहिरिने निर्णय गरेको जनाएको छ।

.

Published Date: 25 February 2023
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय