राप्रपा सरकारबाट बाहिरियो

राप्रपा सरकारबाट बाहिरियो : Icon Khabar

काठमाडौँ, फागुन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज शनिवार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको एक बिज्ञप्ति बाट जानकारी गराएको हो ।

विज्ञप्ति प्रकाशन गर्दै सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ । विज्ञप्तिमा पार्टीले हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वाभाविक चरित्र भएको जनाएको छ ।

साथै प्रदेश सरकारमा पनि यस सम्बन्धि दृष्टिकोण भएकोले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकार बाट समेत बाहिरिने निर्णय गरेको जनाएको छ।

.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2023
Website | + posts
ताजा
विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण त्रिविद्वारा सरकारसँग सुरक्षा माग
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल