भक्तपुर, चैत २० । नक्कली रूपमा आफूलाई अनुसन्धान विभागको प्रहरी भन्दै एक व्यक्तिलाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मिति २०८२ माघ २८ गते सूर्यविनायक नगरपालिका वडा नं. ५ मा बस्दै आएका ४७ वर्षीय पूर्णबहादुर थापाको घरमा गई आफूलाई अनुसन्धान विभागको प्रहरी हुँ भन्दै होटलमा लगेर डर, धाकधम्की दिई अपहरण तथा शरीर बन्धक बनाइएको घटना सार्वजनिक भएको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा जिल्ला मकवानपुर गढी गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय दीपक खड्कालाई काठमाडौँ महानगरपालिका वडा नं. ८ गौशालाबाट मिति २०८२ चैत १९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका खड्कामाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Published Date: 03 April 2026