“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने

“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने : Icon Khabar

भक्तपुर, चैत १६ । IconKhabar.com र Bhaktapurians बीचको सहकार्यमा “दैनिक भक्तपुर अपडेट” नामक समाचार संक्षेप अब दैनिक रूपमा सामाजिक सञ्जाल तथा अनलाइन समाचार पोर्टलमार्फत प्रकाशन हुने भएको छ।

उक्त अपडेट यही २०२६ अप्रिल १ तारिखदेखि प्रत्येक दिन बेलुकी ९ बजे सार्वजनिक गरिने जनाइएको छ। यसमा भक्तपुर जिल्लामा दिनभर भएका विभिन्न कार्यक्रम, गतिविधि तथा घटनासम्बन्धी मुख्य समाचारहरू संक्षेपमा प्रस्तुत गरिनेछ।

आयोजकका अनुसार, “दैनिक भक्तपुर अपडेट” IconKhabar.com को आधिकारिक फेसबुक पेज https://www.facebook.com/profile.php?id=100089807350276, समाचार पोर्टल https://www.iconkhabar.com तथा Bhaktapurians को फेसबुक पेज https://www.facebook.com/bhaktapuriansofficial मार्फत दैनिक रूपमा पोस्ट गरिनेछ।

स्थानीय स्तरका गतिविधिहरूलाई छिटो, सरल र प्रभावकारी ढंगले जनसमक्ष पुर्‍याउने उद्देश्यका साथ यो पहल सुरु गरिएको जनाइएको छ।

 

 

Published Date: 30 March 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु