आज विश्व क्षयरोग दिवस, सन् २०२४ मा नेपालमा क्षयरोगका करिब ६७ हजार नयाँ बिरामी फेला

आज विश्व क्षयरोग दिवस, सन् २०२४ मा नेपालमा क्षयरोगका करिब ६७ हजार नयाँ बिरामी फेला : Icon Khabar

काठमाडौँ, चैत ९ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ। हरेक वर्ष मार्च २४ मा मनाइने यस दिवसको उद्देश्य क्षयरोग नियन्त्रणका लागि जनचेतना फैलाउनु हो।

सन् २०३५ सम्म क्षयरोग अन्त्य र २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम आयोजना गरिँदैछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई पनि सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ बिरामी फेला परेका छन्। देशभर निःशुल्क परीक्षण र उपचार सेवा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

तीन हप्ताभन्दा बढी खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ। नियमित औषधि सेवनले क्षयरोग निको हुने भएकाले समयमै उपचार र सचेतना आवश्यक रहेको बताइएको छ।

Published Date: 24 March 2026


ताजा
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी
एक महिने ब्युटी पार्लर तालिम सम्पन्न, सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय
अमेरिकाद्वारा इरानका सैन्य ठेगानामाथि पुन: बमबारी






ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न