पूर्वमा बर्डफ्लूको संक्रमण बढ्दै

पूर्वमा बर्डफ्लूको संक्रमण बढ्दै : Icon Khabar

काठमाडौँ, चैत १० । मोरङ र झापाका विभिन्न क्षेत्रमा कुखुरामा लाग्ने संक्रामक रोग बर्डफ्लू फैलिन थालेको छ। सुन्दरहरैंचा र उर्लाबारीपछि झापाको दमक तथा झापा गाउँपालिका र मोरङको विराटनगरमा समेत संक्रमण पुष्टि भएको हो।

दमक–१० स्थित एक फार्ममा कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा घातक बर्डफ्लू देखिएको हो। नमूना काठमाडौँस्थित केन्द्रीय प्रयोगशालाबाट समेत पुष्टि गरिएको छ।

हालसम्म मोरङका पाँच वटा पोल्ट्री फार्ममा संक्रमण देखिएको छ। कोशी प्रदेश सरकारले र्यापिड रेस्पोन्स टोली परिचालन गरी प्रभावित क्षेत्रमा निगरानी र नियन्त्रणका काम अघि बढाएको छ।

संक्रमण नियन्त्रणका लागि संक्रमित कुखुरा, अण्डा तथा सम्बन्धित सामग्री नष्ट गरिने जनाइएको छ।

Published Date: 24 March 2026


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी