मंगलबार नेप्से परिसूचक १०.२५ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १०.२५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ २७ । सेयरबजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि घटेको छ । आज मंगलबार नेप्से १०.२५ अंकले घटेर २ हजार ६६२.१४ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३२४ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ७४ कम्पनीका सेयरमूल्य बढेका छन् भने १७९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँमा किनबेच भएको छ । आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड तथा व्यापार समूहको परिसूचक मात्रै बढेको छ । अन्य बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १.१५ प्रतिशतले घटेको छ । कालिञ्चोक दर्शन लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंकको म्युचुअल फण्डमा लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक, माइखोला हाइड्रोपावर लिमिटेड तथा घलेम्दी हाइड्रो लिमिटेडका सेयरधनी रहेका छन् ।

Published Date: 10 February 2026


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग