तामाकोशी नदीमा खसेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो

तामाकोशी नदीमा खसेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो : Icon Khabar

काठमाडौं, माघ २७ । रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

मंगलबार बिहान मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको प्रहरीले जनाएको छ ।

एक जना अचेत अवस्थामा फेला परेका छन् । आठ जना गम्भीर घाइते छन् र तीमध्ये ३ जनालाई धुलिखेल अस्पताल पुर्‍याइएको छ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस आज मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल गुल्म रामेछाप र विपद् व्यवस्थापन बेस खुर्कोटबाट उद्धार टोली परिचालन भएको थियो।

दुर्घटनाको कारण खुलेको छैन।

Published Date: 10 February 2026


ताजा
मंगलबार पनि नेप्से घट्यो
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग