आइतबार नेप्से परिसूचक १९.८५ अंकको गिरावट

आइतबार नेप्से परिसूचक १९.८५ अंकको गिरावट : Icon Khabar

काठमाडौँ, माघ १८ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १९.८५ अंकले घटेर २ हजार ६९४.२० विन्दुमा कायम रहेको हो । आज सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये ४१ कम्पनीका सेयरमूल्य बढेको छ भने २१० कम्पनीको सेयरमूलयमा गिरावट आएको छ । आज कुल २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर ८ अर्ब ९९ करोड २६ लाख २७ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत विहीबारको तुलनामा ३८ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक मात्रै सकारात्मक छ । बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक १.७५ प्रतिशतले घटेको छ । मिथिला लघुवित्त वित्तीय संस्था, क्रेष्ट माइक्रो लाईफ इन्सुरेन्स कम्पनी तथा एनआईवीएल ग्रोथ फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट तथा कालीका पावर कम्पनीका सेयरधनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2026