भारतले नेपाललाई आठ अर्ब भारतीय रुपैयाँ अनुदान दिने

भारतले नेपाललाई आठ अर्ब भारतीय रुपैयाँ अनुदान दिने : Icon Khabar

काठमाडौँ, माघ १८ । भारतले नेपाललाई आठ अर्ब भारतीय रुपैयाँ अनुदान दिने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सितारमणले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सहायता बढाउने घोषणा गरेकी हुन्।

भारतले चालु आर्थिक वर्षमा घोषणा गरेको भन्दा डेढ अर्ब भारतीय रुपैयाँ बढी दिँदैछ। चालु आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ दिने घोषणा गरेकोमा अहिले बढाएर ८ अर्ब ३० करोड रुपैयाँ संशोधित अनुमान गरेको छ।

भारतले नेपालको निर्वाचन लगायतमा सवारी साधन सहितका वस्तु सहयोग गर्दा बजेट बढेको देखिन्छ। आर्थिक वर्ष २०२४/२५ मा ७ अर्ब १ करोड भारतीय रुपैयाँ खुद सहयोग गरेको छ।

आगामी आर्थिक वर्ष विनियोजित बजेट नै ८ अर्ब रुपैयाँ रहेको छ। नेपाललाई दिइएको सहायता छिमेकी मुलुकमा भुटानपछि दोस्रो प्राथमिकता हो। भारतले भुटानलाई २२ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अफगानिस्तानलाई १ अर्ब ५० करोड, बंगलादेशलाई ६० करोड, श्रीलकांलाई ४ अर्ब, माल्दिभ्सलाई ५ अर्ब ५० करोड, म्यानमारलाई ३ अर्ब रुपैयाँ सहायता दिने घोषणा गरेको छ।

Published Date: 01 February 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु