स्वस्थानी व्रत र माघ स्नान सुरु, शालीनदीमा माधवनारायण मेला (फोटो फिचर)

स्वस्थानी व्रत र माघ स्नान सुरु, शालीनदीमा माधवनारायण मेला (फोटो फिचर) : Icon Khabar

काठमाडौँ, पुस १९ । वैदिक सनातन परम्पराअनुसार आजदेखि स्वस्थानी व्रत तथा माघ स्नान सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो एक महिने व्रतमा बिहान स्नान, मध्याह्नमा महादेवको पूजा र साँझ स्वस्थानी व्रत कथा श्रवण–वाचन गर्ने परम्परा छ।

स्वस्थानी व्रत नेपाली समाजमा प्रचलित विशिष्ट धार्मिक अभ्यास मानिन्छ। परम्पराअनुसार माघ शुक्ल पूर्णिमाका दिन व्रत समापन गरी देवीलाई अर्घ्य अर्पण गरिन्छ। यो व्रतले दाम्पत्य सुख, स्वास्थ्य लाभ र मनोकामना पूर्ति हुने धार्मिक विश्वास रहिआएको छ।

यसै अवसरमा काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने साँखुस्थित शालीनदीमा माघ स्नान तथा माधवनारायण मेला आजदेखि सुरु भएको छ। माघ महिनाभर शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

Published Date: 03 January 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर