शुक्रबार सुनको भाउ बढ्यो

शुक्रबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, पुस १८ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनपनि सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट आएको थियो । उक्त दिन एक तोला सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2026
Website | + posts