बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस १७ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ। अघिल्लो कारोबार दिन बुधबार बढेको नेप्से आज घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा झरेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ।

बुधबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यो लघुवित्तको शेयरमूल्य १ हजार ४८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको यस दिन २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक मात्र बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2026






ताजा
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्यो
आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई छिटो कमजोर बनाउने सक्ने
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
भक्तपुरमा माघमा १५२ मुद्दा दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी; ५ जनाको सवारी दुर्घटनामा मृत्यु


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न