स्वीट्जरल्याण्डको एक रिसोर्टमा विस्फोट हुँदा थुप्रै पर्यटकहरुको मृत्यु

स्वीट्जरल्याण्डको एक रिसोर्टमा विस्फोट हुँदा थुप्रै पर्यटकहरुको मृत्यु : Icon Khabar

काठमाडौँ, पुस १७ । स्वीट्जरल्याण्डको एक रिसोर्टमा विस्फोट हुँदा थुप्रै पर्यटकहरुको ज्यान गएको छ ।

क्रयान्स-मोन्टानाको स्की रिसोर्टमा भएको विस्फोटमा धेरै जनाको मृत्यु भएको र घाइते भएको स्विस प्रहरीले जानकारी दिएको छ।

बीबीसीलाई दिएको एक विज्ञप्तिमा प्रहरीले स्थानीय समय अनुसार बिहान १:३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको बताएको छ।

सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा बारमा आगो लागेको देखिन्छ। यद्यपि, यो भिडियो प्रमाणित भएको छैन। बारले नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव आयोजना गरिरहेको थियो।

प्रहरीले विस्फोटबाट प्रभावित परिवारका लागि हेल्पलाइन स्थापना गरिएको बताएको छ। क्र्यान्स-मोन्टान स्विस आल्प्स पर्वत शृङ्खलामा अवस्थित एक लक्जरी स्की रिसोर्ट हो। यो स्विट्जरल्याण्डको राजधानी बर्नबाट लगभग दुई घण्टाको ड्राइभमा छ।

यो शहर बेलायती पर्यटकहरूमाझ लोकप्रिय छ। विस्फोट भएका बेला घटनास्थलमा १०० जनाभन्दा बढी रहेको बताइएको छ।

Published Date: 01 January 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली