काठमाडौँ, पुस १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा फेरि हमला गर्न सक्ने बताएका छन्।
सोमबार इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेटवार्तापछि पत्रकारहरूसँग बोल्दै ट्रम्पले इरानमा फेरि अमेरिकी हमला हुनसक्ने बताएका हुन्।
इरानले आणविक हतियार कार्यक्रम नरोकेको भन्ने सूचना प्राप्त भएको बताउँदै ट्रम्पले त्यसको पुष्टि भए अमेरिकाले इरानमा फेरि भीषण हमला गर्न सक्ने चेतावनी दिएका हुन्।
‘उनीहरू फेरि हतियार र अन्य गतिविधि बढाइरहेका छन् भन्ने सुनिएको छ,’ ट्रम्पले भने, ‘हामीले पूर्ण रूपमा ध्वस्त पारेको स्थल उनीहरूले प्रयोग गरिरहेका छैनन् भन्ने पुष्टि नभए वा नयाँ स्थान प्रयोग गरिरहेका भए यसको परिणाम कस्तो हुन्छ भन्ने उनीहरूलाई थाहा छ।’
अब अघिल्लो पटकजस्तो ३७ घन्टाको उडानमा इन्धन खेर फाल्ने गरी बी-२ बमवर्षक पनि प्रयोग नगर्ने चेतावनी दिएका छन्।
इरान र इसराइलबीच तनाव हुँदा गत जुनमा अमेरिकाले इरानका परमाणु भट्टीमा बम खसालेको थियो।
त्यतिबेला अमेरिकाले फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टीसहित नतान्ज र इस्फहानमा रहेका भट्टीमा जिबियू-५७ भनिने शक्तिशाली बम खसालेको थियो।
ट्रम्पले इरानले परमाणु कार्यक्रम नरोके त्यतिबेलाको भन्दा भयानक परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएका हुन्।
Published Date: 30 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1