इरानमा फेरि हमला गर्न सक्ने ट्रम्पको चेतवानी

इरानमा फेरि हमला गर्न सक्ने ट्रम्पको चेतवानी : Icon Khabar

काठमाडौँ, पुस १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा फेरि हमला गर्न सक्ने बताएका छन्।

सोमबार इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेटवार्तापछि पत्रकारहरूसँग बोल्दै ट्रम्पले इरानमा फेरि अमेरिकी हमला हुनसक्ने बताएका हुन्।

इरानले आणविक हतियार कार्यक्रम नरोकेको भन्ने सूचना प्राप्त भएको बताउँदै ट्रम्पले त्यसको पुष्टि भए अमेरिकाले इरानमा फेरि भीषण हमला गर्न सक्ने चेतावनी दिएका हुन्।

‘उनीहरू फेरि हतियार र अन्य गतिविधि बढाइरहेका छन् भन्ने सुनिएको छ,’ ट्रम्पले भने, ‘हामीले पूर्ण रूपमा ध्वस्त पारेको स्थल उनीहरूले प्रयोग गरिरहेका छैनन् भन्ने पुष्टि नभए वा नयाँ स्थान प्रयोग गरिरहेका भए यसको परिणाम कस्तो हुन्छ भन्ने उनीहरूलाई थाहा छ।’

अब अघिल्लो पटकजस्तो ३७ घन्टाको उडानमा इन्धन खेर फाल्ने गरी बी-२ बमवर्षक पनि प्रयोग नगर्ने चेतावनी दिएका छन्।

इरान र इसराइलबीच तनाव हुँदा गत जुनमा अमेरिकाले इरानका परमाणु भट्टीमा बम खसालेको थियो।

त्यतिबेला अमेरिकाले फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टीसहित नतान्ज र इस्फहानमा रहेका भट्टीमा जिबियू-५७ भनिने शक्तिशाली बम खसालेको थियो।

ट्रम्पले इरानले परमाणु कार्यक्रम नरोके त्यतिबेलाको भन्दा भयानक परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएका हुन्।

Published Date: 30 December 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर