गाजा क्षेत्रमा भीषण आँधीबेहरी, राहत कार्य प्रभावित

गाजा क्षेत्रमा भीषण आँधीबेहरी, राहत कार्य प्रभावित : Icon Khabar

गाजा, पुस १४ । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर मृत्यु भएका छन् भने करिब ३० वर्षीया महिलाको तेज हावा र भारी वर्षाका क्रममा ज्यान गएको हो ।

आँधीबेहरीपछि उद्धार टोली पानीले भरिएका अस्थायी पालमा खटिएर पानी निकासी र नाली सफा गर्ने काम गरिरहेका छन् । तर पर्याप्त स्रोत र उपकरणको अभावका कारण राहत कार्य प्रभावकारीरूपमा अघि बढ्न नसकेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार धेरै विस्थापित शिविर हिलो र पानीले भरिएका छन्, जसले सर्वसाधारणलाई गम्भीर जोखिममा पारेको छ । आपतकालीन कक्षले तत्काल सुरक्षित आवासको आवश्यकता रहेको उल्लेख गर्दै कठोर मौसमका कारण कमजोर पाल नष्ट भएको र क्षतिग्रस्त घर आंशिकरूपमा भत्किएको चेतावनी दिएको छ । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2025
Website | + posts