जाडोमा बच्चालाई राति सुत्दा टोपी र मोजा लगाइदिँदा स्वास्थ्यमा खतरा हुनसक्ने

जाडोमा बच्चालाई राति सुत्दा टोपी र मोजा लगाइदिँदा स्वास्थ्यमा खतरा हुनसक्ने : Icon Khabar

काठमाडौं, पुस १४ । जाडो मौसम स-साना बालबालिकाका लागि निकै संवेदनशील समय हो । शरीर कमजोर हुने भएकाले सानो लापरवाहीले पनि उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । अहिलेको अत्यधिक जाडो हुने मौसममा धेरैजसो अभिभावकले बच्चालाई चिसो लाग्ला भन्ने डरले राति सुत्दा पनि टोपी, मोजा र बाक्लो कपडा लगाइदिने गर्छन् । तर के यो बानी सही हो त ?

सुत्दा शिशुलाई टोपी लगाउनु किन जोखिमपूर्ण हुन्छ ?

बालरोग विशेषज्ञहरूका अनुसार सुत्ने बेला बच्चालाई टोपी लगाइदिनु सामान्यतया सुरक्षित मानिँदैन । यसको पछाडि केही महत्वपूर्ण वैज्ञानिक कारण छन् ।

वयस्कको तुलनामा नवजात शिशु तथा स–साना बालबालिकामा ब्राउन फ्याट बढी हुन्छ । यसले शरीरभित्रै ताप उत्पादन गरेर उनीहरुलाई चिसोबाट जोगाउँछ । त्यसैले बच्चालाई अत्यधिक ढाक्नु आवश्यक हुँदैन ।

बढ्छ अचानक मृत्युको जोखिम

सुत्दा बच्चालाई धेरै न्यानो पार्दा शरीर अत्यधिक तातिन सक्छ, जसलाई ओभर हिटिङ भनिन्छ। यही अवस्थालाई सडेन इन्फान्ट डेथ सिन्ड्रमको एक प्रमुख कारण मानिन्छ । टाउको ढाकिँदा शरीरको अतिरिक्त ताप बाहिर ननिस्कन सक्छ, जसले जोखिम बढाउँछ ।

सास फेर्न नसक्ने खतरा

सुत्दा बच्चाले हात–खुट्टा चलाइ रहन्छन् । यस्तो बेला टोपी खिस्केर नाक अथवा मुख ढाकिन सक्छ, जसले सास फेर्न समस्या ल्याउन सक्छ । यसले सास फेर्न नसक्ने सम्भावना हुन्छ ।

मोजा लगाउने कि नलगाउने ?

मोजाको सन्दर्भमा भने अवस्था फरक हुन्छ । यदि कोठा धेरै चिसो छ, बच्चाको खुट्टा निकै चिसो महसुस हुन्छ भने खुकुलो मोजा लगाइदिन सकिन्छ । तर धेरै टाइट अथवा बाक्लो मोजा भने नलगाइदिनु राम्रो हुन्छ ।

शिशुलाई जाडोमा सुरक्षित राख्ने सही तरिका

  • कोठाको तापक्रम सन्तुलित राख्ने

  • हल्का तर न्यानो कपडा लगाइदिने

  • बाक्लो कम्बलले अनुहार नढाक्ने

  • सुत्दा टोपी नलगाइदिने

  • बच्चाको घाँटी, छाती र पेट न्यानो रहने गरी कपडा छनोट गर्ने

जाडोमा बच्चालाई चिसोबाट जोगाउनु आवश्यक छ, तर अत्यधिक न्यानो पार्नु पनि खतरनाक हुन सक्छ। सुत्दा टोपी लगाइदिनु बच्चाका लागि सुरक्षित नहुन सक्छ। त्यसैले अभिभावकले सही जानकारीका आधारमा सावधानी अपनाउनु अत्यन्त अनिवार्य छ ।

Published Date: 29 December 2025


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली