काठमाडौं, पुस १३ । जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता भएका छन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सुरक्षा निकायका हतियारहरु लुटपाट भएका थिए । जसमध्ये अहिलेसम्म ७३३ हतिार फिर्ता आएको गृह मन्त्रालयले बताएको छ । आन्दोलनको क्रममा नेपाल प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएको थियो ।
सशस्त्र प्रहरीका पनि केही हतियार हराएका थिए । जसअनुसार करिब १३ सयको हाराहारीमा हतियार लुटपाट भएका थिए । ती मध्ये करिब साढे ५ सय हतियार अझै फिर्ता आउन बाँकी नै रहेको छ ।
अहिले फेला नपरेका हतियारमध्ये केही भने प्रदर्शनकारीहरूले खोलानाला तथा झाडीतिर फालेको र केहीले मात्रै न्यून मात्रामा लुकाएर राखेको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।
‘धेरै हतियार फिर्ता आइसकेका छन् । केही हतियार हराएका छन् । तीमध्ये केही हतियार कुनै आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएका होलान् । बाँकी हतियार भने फालिसकेको विश्लेषण हामीले गरेका छौं,’ एक सुरक्षा प्रमुखले गृह मन्त्रालयमा ब्रिफिङको क्रममा भनेका छन् ।
लुटिएका हतियार खोजी गर्न विशेष योजना बनाएर काम गरेको प्रहरीले सो क्रममा लुटिएका बाहेक नै थप ३२ हतियार पनि बरामद गरेको बताएको छ ।
Published Date: 28 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1