जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता

जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता : Icon Khabar

काठमाडौं, पुस १३ । जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता भएका छन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सुरक्षा निकायका हतियारहरु लुटपाट भएका थिए । जसमध्ये अहिलेसम्म ७३३ हतिार फिर्ता आएको गृह मन्त्रालयले बताएको छ । आन्दोलनको क्रममा नेपाल प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएको थियो ।

सशस्त्र प्रहरीका पनि केही हतियार हराएका थिए । जसअनुसार करिब १३ सयको हाराहारीमा हतियार लुटपाट भएका थिए । ती मध्ये करिब साढे ५ सय हतियार अझै फिर्ता आउन बाँकी नै रहेको छ ।

अहिले फेला नपरेका हतियारमध्ये केही भने प्रदर्शनकारीहरूले खोलानाला तथा झाडीतिर फालेको र केहीले मात्रै न्यून मात्रामा लुकाएर राखेको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

‘धेरै हतियार फिर्ता आइसकेका छन् । केही हतियार हराएका छन् । तीमध्ये केही हतियार कुनै आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएका होलान् । बाँकी हतियार भने फालिसकेको विश्लेषण हामीले गरेका छौं,’ एक सुरक्षा प्रमुखले गृह मन्त्रालयमा ब्रिफिङको क्रममा भनेका छन् ।

लुटिएका हतियार खोजी गर्न विशेष योजना बनाएर काम गरेको प्रहरीले सो क्रममा लुटिएका बाहेक नै थप ३२ हतियार पनि बरामद गरेको बताएको छ ।

Published Date: 28 December 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर