सुनको भाउ प्रतितोला रू २ लाख ७० हजार पार

सुनको भाउ प्रतितोला रू २ लाख ७० हजार पार : Icon Khabar

काठमाडौँ, पुस १३ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार पार पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउले २ लाख ७० हजारको आँकडा पार गरेको हो ।

आज सुनको भाउमा १३ सय रुपैयाँकोृ बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको भाउ २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउपनि हालसम्मकै उच्च कायम भएको छ । चाँदी आज २७० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८३५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2025
Website | + posts