बुधबार नेप्से परिसूचक १.३७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक १.३७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस ९ । साताको चौथो कारोबार दिन सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से १.३७ अंकले बढेर २ हजार ५८५.८७ विन्दुमा कायम भएको हो । बुधबार सेयरबजारमा ३३४ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १११ कम्पनीका सेयरमूल्य बढेका छन् भने १४२ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज सेयरबजारमा ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा २० करोड ५२ लाख रुपैयाँले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, होटेल तथा पर्यटन, उत्पादनशील, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ०.८७ प्रतिशतले बढेको छ ।

विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा तथा अन्य समूहको परिसूचक भने ओरालो लागेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचकमा ०.८५ प्रतिशतको गिरावट आएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी तथा हिमस्टार उर्जा कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

Published Date: 24 December 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग