यौन शोषणसम्बन्धी आरोप असत्य, आधारहीन र मानहानीपूर्ण छ: द ब्रिटिश कलेज

यौन शोषणसम्बन्धी आरोप असत्य, आधारहीन र मानहानीपूर्ण छ: द ब्रिटिश कलेज : Icon Khabar

काठमाडौं, पुस ९ । द ब्रिटिश कलेजले पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको र लागेका सार्वजनिक आरोपबारे प्रष्टीकरण दिएको छ ।

करिब ४० जना हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीमध्ये ७-९ जना व्यक्तिगत असन्तुष्टिका कारण तीन महिनापछि नेपाल फर्किएको तथा उनीहरू र अभिभावकसँग पारदर्शी र सम्मानजनक परामर्श प्रक्रिया अघि बढाइएको अवस्था बाह्य समूह आएर शैक्षिक गतिविधि अवरोध पारिएको भनाइ कलेजको छ ।

विज्ञप्ति जारी गर्दै कलेजले सामाजिक सञ्जालको दुरुपयोग र क्याम्पस अवरोधका घटनाप्रति आपत्ति जनाएको छ । केही बाह्य समूहले आधारहीन आरोप लगाएको, अनधिकृत भिडियो सार्वजनिक गरेको र शैक्षिक गतिविधि अवरुद्ध गरेको कलेजको भनाइ छ ।

यस्तै कलेजले यौन शोषणसम्बन्धी आरोप अस्वीकार गर्दै यस्ता दाबी असत्य, आधारहीन र मानहानीपूर्ण भएको जनाएको छ। आफू नेपालमा कानुनी रूपमा सञ्चालनमा रहेको उच्च शिक्षण संस्था भएको र संयुक्त अधिराज्यका अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ।

कलेजले सबै शैक्षिक कार्यक्रम नियमित रूपमा सञ्चालनमा रहेको, कक्षा र परीक्षा निर्धारित तालिकाअनुसार भइरहेको र कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेको छ। कलेजले सम्बन्धित विद्यार्थीहरूसँग संवाद गर्न धेरै पटक औपचारिक प्रयास गरे पनि औपचारिक तथा कानुनी माध्यमबाट संवाद गर्न अस्वीकार गरेको कलेजको दाबी छ ।

Published Date: 24 December 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग