काठमाडौं, पुस ९ । द ब्रिटिश कलेजले पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको र लागेका सार्वजनिक आरोपबारे प्रष्टीकरण दिएको छ ।
करिब ४० जना हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीमध्ये ७-९ जना व्यक्तिगत असन्तुष्टिका कारण तीन महिनापछि नेपाल फर्किएको तथा उनीहरू र अभिभावकसँग पारदर्शी र सम्मानजनक परामर्श प्रक्रिया अघि बढाइएको अवस्था बाह्य समूह आएर शैक्षिक गतिविधि अवरोध पारिएको भनाइ कलेजको छ ।
विज्ञप्ति जारी गर्दै कलेजले सामाजिक सञ्जालको दुरुपयोग र क्याम्पस अवरोधका घटनाप्रति आपत्ति जनाएको छ । केही बाह्य समूहले आधारहीन आरोप लगाएको, अनधिकृत भिडियो सार्वजनिक गरेको र शैक्षिक गतिविधि अवरुद्ध गरेको कलेजको भनाइ छ ।
यस्तै कलेजले यौन शोषणसम्बन्धी आरोप अस्वीकार गर्दै यस्ता दाबी असत्य, आधारहीन र मानहानीपूर्ण भएको जनाएको छ। आफू नेपालमा कानुनी रूपमा सञ्चालनमा रहेको उच्च शिक्षण संस्था भएको र संयुक्त अधिराज्यका अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ।
कलेजले सबै शैक्षिक कार्यक्रम नियमित रूपमा सञ्चालनमा रहेको, कक्षा र परीक्षा निर्धारित तालिकाअनुसार भइरहेको र कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेको छ। कलेजले सम्बन्धित विद्यार्थीहरूसँग संवाद गर्न धेरै पटक औपचारिक प्रयास गरे पनि औपचारिक तथा कानुनी माध्यमबाट संवाद गर्न अस्वीकार गरेको कलेजको दाबी छ ।
Published Date: 24 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1