भक्तपुर, पुस ७ । आइकन मिडिया हाउस प्रा. लि. र आइकन खबर डटकमको तेस्रो वार्षिकोत्सवको अवसरमा आर्गस एजुकेशनको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम यहि पुस १२ गते शनिबार बिहान ८ बजेदेखि ११ बजेसम्म भक्तपुर नगरपालिका–१, नःपुखु क्षेत्रस्थित मिनीबस पार्क अगाडि आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।
आइकन मिडिया हाउस प्रा. लि. एक बहुआयामिक सञ्चार संस्था हो, जसले डिजिटल मिडिया, सामग्री निर्माण, विज्ञापन तथा जनसम्पर्कका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ। यसै संस्थाअन्तर्गत सञ्चालन हुँदै आएको आइकन खबर डटकम एक विश्वसनीय नेपाली अनलाइन समाचार पोर्टल हो, जसले देश–विदेशका समसामयिक समाचार, विचार र विश्लेषण पाठकसम्म पु¥याउँदै आएको छ।
त्यस्तै, आर्गस एजुकेशन शिक्षा तथा परामर्श क्षेत्रमा क्रियाशील संस्था हो, जसले अध्ययन विदेश, भाषा परीक्षा तयारी (IELTS, PTE लगायत), भिसा परामर्श तथा करियर मार्गदर्शन सेवा प्रदान गर्दै आएको छ।
रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाले गर्नेछ भने फोटोग्राफी पार्टनरका रूपमा ट्रेङ्गल फोटो स्टुडियो रहनेछ।
आयोजक संस्थाहरूले रक्तदानलाई मानवताको महान कार्यका रूपमा लिँदै समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताएका छन्। साथै, स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित भई स्वेच्छिक रक्तदान गरी जीवन रक्षा अभियानमा सहभागी हुन आग्रह गरिएको छ।
Published Date: 22 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1