जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न

जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न : Icon Khabar

भक्तपुर, पुस ६ । जनप्रेमी वर्ल्ड स्कुल, कौशलटार भक्तपुरको आयोजनामा ‘Freshers’ Social & JWS ICON | Talent Hunt 2082’ कार्यक्रम शनिबार भक्तपुरमा भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा गायन, नृत्य, अभिनय, फेसन वाक, वक्तृत्वकला तथा प्रस्तुति कला लगायत विभिन्न विधामा प्रतिस्पर्धा गरिएको थियो। प्रतिस्पर्धात्मक कार्यक्रमका माध्यमबाट विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए।

प्रतियोगिताको अन्तिम नतिजाअनुसार केनिशा सिलवाल ‘JWS ICON 2082’ घोषित भइन्। निशान तामाङ प्रथम उपविजेता घोषित हुँदा आकृति घतानी द्वितीय उपविजेता बन्न सफल भइन्। यस्तै, ‘Best Talent’ को उपाधि सृजिता बरालले हात पारिन् भने ‘Best Confidence’ को उपाधि आरती खड्कालाई प्रदान गरियो। ‘Best Walk’ सोबिका सिवाकोटीले जित्दा ‘Best Personality’ को उपाधि सुरबी प्रजापतिले प्राप्त गरिन्।

कार्यक्रममा अन्य विधातर्फ ‘Punctual Award’ साधना थापालाई प्रदान गरियो भने ‘Best Performance’ को उपाधि दिप्सना अदाइले जितिन्। यस्तै ‘Best Stylist’ इनिशा श्रेष्ठ र ‘Best Dress’ को उपाधि श्रेया रुचाल मगरले हात पारिन्।

कार्यक्रमका प्रमुख अतिथि तथा निर्णायकहरूले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। विद्यालय व्यवस्थापन पक्षले पनि आगामी दिनमा यस्ता सिर्जनात्मक तथा प्रतिभामुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

उत्साहपूर्ण माहोलमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। Freshers’ Social & JWS ICON | Talent Hunt 2082 ले नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारसँग आत्मीय रूपमा जोड्ने र उनीहरूको प्रतिभा उजागर गर्ने सफल मञ्चका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको विद्यालयका प्रिन्सिपल निलेश आचार्यले आइकन खबरलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 December 2025
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न