भक्तपुर, मंसिर १७ । भक्तपुरमा मोडर्न स्कूल एवं कलेज सल्लाघारीको आयोजनामा बुधबार मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यता र उत्साहका साथ सम्पन्न भएको छ। विगत १६ वर्षदेखि निरन्तर रूपमा संचालन हुँदै आएको यस कार्यक्रम आज पनि एक विशेष समारोहका बीच सम्पन्न भएको हो।
हरेक वर्ष कक्षा ११ का नव–आगन्तुक विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्ने हिसाबले आयोजना हुँदै आएको यस कार्यक्रममा ४० जना अडिसनमा सहभागीहरूबाट छनोट गरिएका १४ उत्कृष्ट फाइनलिस्टहरूलाई एकै स्थानमा ल्याइएको हो। दुई महिनाको अवधिभरमा प्रतियोगीहरूले नेतृत्व प्रशिक्षण, एमसी वर्कसप, पुस्तक समीक्षा, एसडीजी परियोजना गतिविधि, शैक्षिक मूल्यांकन र प्यानल छलफलजस्ता विविध सीप–विकास सत्र पूरा गरे। यी अभ्यासहरूको परिणाम आज भव्य रूपले देखिएको हो।
सहभागी १४ जना फाइनलिस्टहरूले सार्कका विभिन्न राष्ट्रलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पोशाक लगाई प्रस्तुत गरिएको सार्क संस्कृतिक राउण्डले अझ झन् कार्यक्रमको आकर्षण बढाएको थियो। साथै उनीहरुले आ आफ्नो प्रतिभाहरु पनि जोरदारका साथ प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ गायिका तथा संगीतकार, शास्त्रीय संगीत विज्ञ सङ्गीता राणा प्रधान, विशेष अतिथिका रूपमा वरिष्ठ अभिनेता सरोज खनाल, वरिष्ठ रचानाकर सुवास चन्द्र ढुंगेलको सम्मानित उपस्थितिले कार्यक्रममा विशेष गौरव थपेको थियो।
निर्णायक मण्डलमा नेपालकै पहिलो महिला धिमे तथा नौ बाजा वादक इन्दिरा लाछिमस्यु, संगीतकर्मी हेम थामी, कोरियोग्राफर विपासना खनाल क्षेत्रीको उपस्थिति रहेको थियो। निर्णायक मण्डलमा अनुभवी व्यक्तित्वहरूको समावेशले प्रतियोगितालाई उच्च स्तरको बनायो।
यसै बीच, शंकर खनाल मेमोरियल फाउन्डेसनकी अध्यक्ष अम्बिका खनालले कक्षा १२ का स्कूल टपर उत्सव पोखरेललाई नगद रु. २५,००० प्रदान गर्दै विशेष क्षण सिर्जना गरिन्।
प्रतियोगिताको मुख्य उपाधिमा सोहिल मानन्धर ‘मिस्टर मोडर्न २०८२’ र कृतिका बस्नेत ‘मिस मोडर्न २०८२’ घोषित भए। अर्पण बास्तोला र दिव्यता बस्नेतले क्रमशः मिस्टर र मिस ट्यालेन्ट उपाधि जिते भने अविरल ढुंगाना र पुनम पुरीले पर्सनालिटी उपाधि प्राप्त गरे।
पब्लिक चोइसका आधारमा आकाश मल्ल ठकुरी र सदिक्षा सापकोटाले पब्लिक च्वाइस अवार्ड जिते। साथै, दुवै वर्गका सहभागीहरूले ‘द मोस्ट मल्टिट्यालेन्टेड’, ‘द मोस्ट भिजनरी’, ‘द मोस्ट रेसिलियन्ट’, ‘द मोस्ट डिसिप्लिन्ड’, ‘द मोस्ट भर्सेटाइल’जस्ता विविध सब–टाइटलहरू प्राप्त गर्दै आफ्ना विशिष्ट क्षमताहरू प्रदर्शन गरे।
कार्यक्रममा मोडर्न स्कूल एवं कलेजका संस्थापक तथा मार्गदर्शक बाबु काजी कसपाल, मोडर्न स्कूल एवं कलेजका प्रिन्सिपल अनिल कसपाल, मोडर्न बोर्डिङ्ग सेकेण्डरी स्कूलका प्रिन्सिपल राजन कसपाल, मोडर्न स्कूल एवं कलेजका भाइस प्रिन्सिपल साजन कसपाल, मोडर्न स्कूल एवं कलेजका कोर्डिनेटर शशी कायस्थ कसपालले कार्यक्रम सफल बनाएकोमा आभार ब्यक्त गरे।
कोरियोग्राफरहरू किरण श्रेष्ठ, बिशाल बस्नेत, कुशल बरुवाल, समिर खड्का र द्वारिका अधिकारीले तयार पारेका सशक्त प्रस्तुतीहरूको प्रशंसा पनि गरियो। कार्यक्रमलाई आकर्षक ढंगले सञ्चालन गर्न किरण सुवाल, दिप्ती थापा, अभिक्षेन पौडेल, र स्तुति गेलालले उत्कृष्ट भूमिका निभाए।
समग्र व्यवस्थापनमा शशि कसपाल तथा इन्चार्जहरू मणि भैल, गङ्गा खनाल, बिदुर नगरकोटी, रामप्रसाद पञ्च, राजु प्रजापति, फ्रन्ट–डेस्क इन्चार्ज विजिता अवाल र ईसीए सहयोगी योगेन्द्र विष्टको अतुलनीय योगदान रह्यो। साथै, कार्यकारी समूह, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको संयुक्त प्रयासले कार्यक्रमलाई भव्य सफलता पनि दिलायो।
मिस्टर एण्ड मिस मोडर्न २०८२ विद्यार्थीकै क्षमतामा आधारित सफलतापूर्वक सम्पन्न भएको, र आगामी पुस्तालाई प्रेरणा दिने ऐतिहासिक कार्यक्रमका रूपमा स्मरणीय रहिरहने प्रिन्सिपल अनिल कसपालले आइकन खबरलाई जानकारी दिए।
Published Date: 04 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1