संगीतकार, साहित्यकार र कलाकारको सहभागितामा ‘सुबोधका गीतहरू’ लोकार्पण

संगीतकार, साहित्यकार र कलाकारको सहभागितामा ‘सुबोधका गीतहरू’ लोकार्पण : Icon Khabar

ललितपुर, मंसिर १८ । सुबोध फाउण्डेशन यूकेद्वारा निर्मित ‘सुबोधका गीतहरू’ युट्युब च्यानलसहितका भजन र राष्ट्रगीतहरूको लोकार्पण समारोह बुधबार ललितपुरको चाकुपाटस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा सम्पन्न भएको छ।

युवा पुस्तालाई सिर्जनात्मक लेखन, प्रेरणा र सकारात्मक सोचतर्फ उन्मुख गराउने उद्देश्यले फाउण्डेशनले गीत तथा च्यानल सार्वजनिक गरेको हो। सबै गीतहरूको संगीत वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझीले दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार प्रा. दीपक जंगम र विशिष्ट अतिथि केशवराज राजभण्डारी तथा मुकुन्द प्रसाद तिमिल्सिनाको उपस्थिति कार्यक्रममा रहेको थियो। वरिष्ठ गायिका ज्ञानु राणा पनि अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रमको सञ्चालन लोकप्रिय गायक तथा सञ्चारकर्मी कपिल कसपालले गरेका थिए।

समारोहमा गीतकार सुवोध तिमिल्सिनाद्वारा रचित भजन तथा स्वदेशगान प्रस्तुत गरिएका थिए, जसलाई गायिका ज्ञानु राणा, वरिष्ठ गायक विजय नारायण मानन्धर, गायक सुबास मण्डल, गायक कमल बिष्ट र बालगायिका सान्वी यादवले स्वर दिएका थिए। वरिष्ठ गायिका ज्ञानु राणाले आफ्ना लोकप्रिय पुराना गीत प्रस्तुत गर्दै वातावरणलाई भावुक बनाएकी थिइन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. जंगमले युवालाई सिर्जनशीलतामा प्रेरित गर्दै लेखन र सङ्गीतले देशको समृद्धिमा ठूलो भूमिका खेल्ने उल्लेख गरे। उनले बेलायत बसेर पनि नेपाली सङ्गीत क्षेत्रमा योगदान दिँदै आएका गीतकार सुवोध तिमिल्सिनाको प्रशंसा गरे। विशिष्ट अतिथि एवं पूर्व मुख्यसचिव तथा निर्वाचन आयुक्त केशवराज राजभण्डारीले पनि गीतकार तथा इन्जिनियर सुवोधको कामको उच्च मूल्यांकन गरे। अर्का विशिष्ट अतिथि सफल व्यवसायी मुकुन्द प्रसाद तिमिल्सिनाले फाउण्डेशनले युवालाई सकारात्मक दिशातिर लैजाने काम प्रशंसनीय भएको बताए।

फाउण्डेशनका अध्यक्ष तथा गीतकार ई. सुवोध तिमिल्सिनाले आफ्ना गीत तथा भजनले युवालाई अनुशासन, नियमित लेखन र आत्म–अभिलेखनमा प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार फाउण्डेशनले इन्जिनियरिङ क्षेत्रमा सामाजिक छात्रवृत्ति मार्फत जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएको छ र चाँडै पुल्चोक इन्जिनियरिङ कलेजसँग साझेदारीका लागि प्रक्रिया अघि बढाइँदै छ। उनले अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पनि छात्रवृत्ति उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।
‘सुबोधका गीतहरू’ युट्युब च्यानललाई समर्थन र माया गर्न सबैलाई आग्रह पनि गरे।

कार्यक्रममा कलाकार तथा स्रष्टाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ गीतकार प्रमोद ढुंगाना, वरिष्ठ सञ्चारकर्मी हेम सुवेदी, वरिष्ठ गीतकार गोपीकृष्ण थापा, पत्रकार प्रकाश गम्भीर सिंह रायमाझी, गायक सरद पोखरेल, गायिका रितु कडेल, वरिष्ठ गायक दिवाकर खड्का, गीतकार त्रिविक्रम पाँडे, संगीतकार मन राजा नकर्मी, सुरेन्द्र श्रेष्ठ, गायिका संगीता अधिकारीसहित विभिन्न कलाकार, विद्यार्थी, समाजसेवी तथा आमन्त्रित अतिथिहरू सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 December 2025
Website | + posts