प्यालेस्टाइनद्वारा संयुक्त राष्ट्रसङ्घको प्रस्तावलाई स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि आह्वान

प्यालेस्टाइनद्वारा संयुक्त राष्ट्रसङ्घको प्रस्तावलाई स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि आह्वान : Icon Khabar

काठमाडौँ, मंसिर २ । प्यालेस्टाइनले गाजा पट्टीका लागि अमेरिकाले तयार पारी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वीकृत गरेको प्रस्तावलाई स्वागत गरेको छ । जसले स्थायी युद्धविरामको पुष्टि गर्दै सहायताको निर्बाध प्रवेश र वितरण सम्भव बनाई प्यालेस्टिनी जनताको अधिकारलाई समर्थन गर्दछ ।

प्यालेस्टाइनले गाजा पट्टीमा सामान्य जीवन पुनस्र्थापना गर्ने, गाजाबासीको सुरक्षा सुनिश्चित गर्ने, विस्थापन रोक्ने, इजरायली कब्जा बलको पूर्ण फिर्ती सुनिश्चित गर्ने, पुन र्निर्माण गर्ने कार्यको आवश्यकतामा जोड दिएको छ । प्यालेस्टाइनले अमेरिकी प्रशासन, सुरक्षा परिषद्का सदस्य, अरब र इस्लामिक देश, युरोपेली सङ्घ र यसका सदस्य राष्ट्र संयुक्त राष्ट्र सङ्घलगायत न्युयोर्क घोषणाका साझेदारसँग सहकार्य गर्न तयार रहेको पुष्टि गरेको छ ।

जसले गाजा पट्टी, वेस्ट ब्याङ्क र पूर्वी जेरुसेलममा प्यालेस्टिनी जनताको पीडा अन्त्य गर्न मद्दत गर्ने र शान्ति र सुरक्षा प्राप्त गर्ने विश्वसनीय राजनीतिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्ने छ । प्यालेस्टाइनले गाजा पट्टीमा आफ्नो पूर्ण जिम्मेवारी ग्रहण गर्न तयार रहेको जनाउदै पट्टी प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग भएको पुष्टि गरेको छ ।

प्यालेस्टाइनले शान्ति, स्थिरता र सुरक्षालाई बढावा दिई प्यालेस्टिनीको स्वतन्त्रता र आत्म रक्षाको लागि मिलेर काम गर्ने इच्छा व्यक्त गर्ने र सहयोग गर्ने सबै देशको प्रशंसा गरेको छ । – रासस/क्यूएनए

Published Date: 18 November 2025


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली