काठमाडौँ, मंसिर २ । प्यालेस्टाइनले गाजा पट्टीका लागि अमेरिकाले तयार पारी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वीकृत गरेको प्रस्तावलाई स्वागत गरेको छ । जसले स्थायी युद्धविरामको पुष्टि गर्दै सहायताको निर्बाध प्रवेश र वितरण सम्भव बनाई प्यालेस्टिनी जनताको अधिकारलाई समर्थन गर्दछ ।
प्यालेस्टाइनले गाजा पट्टीमा सामान्य जीवन पुनस्र्थापना गर्ने, गाजाबासीको सुरक्षा सुनिश्चित गर्ने, विस्थापन रोक्ने, इजरायली कब्जा बलको पूर्ण फिर्ती सुनिश्चित गर्ने, पुन र्निर्माण गर्ने कार्यको आवश्यकतामा जोड दिएको छ । प्यालेस्टाइनले अमेरिकी प्रशासन, सुरक्षा परिषद्का सदस्य, अरब र इस्लामिक देश, युरोपेली सङ्घ र यसका सदस्य राष्ट्र संयुक्त राष्ट्र सङ्घलगायत न्युयोर्क घोषणाका साझेदारसँग सहकार्य गर्न तयार रहेको पुष्टि गरेको छ ।
जसले गाजा पट्टी, वेस्ट ब्याङ्क र पूर्वी जेरुसेलममा प्यालेस्टिनी जनताको पीडा अन्त्य गर्न मद्दत गर्ने र शान्ति र सुरक्षा प्राप्त गर्ने विश्वसनीय राजनीतिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्ने छ । प्यालेस्टाइनले गाजा पट्टीमा आफ्नो पूर्ण जिम्मेवारी ग्रहण गर्न तयार रहेको जनाउदै पट्टी प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग भएको पुष्टि गरेको छ ।
प्यालेस्टाइनले शान्ति, स्थिरता र सुरक्षालाई बढावा दिई प्यालेस्टिनीको स्वतन्त्रता र आत्म रक्षाको लागि मिलेर काम गर्ने इच्छा व्यक्त गर्ने र सहयोग गर्ने सबै देशको प्रशंसा गरेको छ । – रासस/क्यूएनए
Published Date: 18 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1