देको मिवा इतापाके आयोजना सम्बन्धी भ्रम फैलाउने गतिविधि भैरहेको छ: प्रमुख प्रजापति

देको मिवा इतापाके आयोजना सम्बन्धी भ्रम फैलाउने गतिविधि भैरहेको छ: प्रमुख प्रजापति : Icon Khabar

भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिका वडा नं. २ मा आयोजित सेवा प्रवाह तथा समसामयिक विषयक सभामा देको मिवा इतापाके आयोजना पीडित सङ्घर्ष समितिको गतिविधि प्रमुख विषयका रूपमा उठ्यो।

नगरप्रमुख सुनिल प्रजापतिले समितिले जनताको समस्या समाधानभन्दा योजनाविरोधी गतिविधि र भ्रम फैलाउने कामलाई प्राथमिकता दिएको आरोप लगाए। जग्गावालाको मागअनुसार सञ्चालन गरिएको आवास योजना नगर विकासका लागि आवश्यक रहेको भन्दै उनले सार्वजनिक र पर्ति जग्गा संरक्षण नगरपालिकाको कर्तव्य भएको स्पष्ट पारे।

वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलादेखि वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालसम्मका वक्ताहरूले पनि झूटो प्रचार र अनावश्यक विरोधले विकास कार्यमा अवरोध बनेको टिप्पणी गरे।

नेपाल क्रान्तिकारी किसान सङ्घका अध्यक्ष गङ्गाराम ज्याख्व र नेमकिपाका संयोजक गणेशप्रसाद सुवालले योजनाबारे भ्रम फैलाउने गतिविधि रोक्न आग्रह गर्दै जनताको हितमा छलफलमार्फत समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा वडास्तरका प्रतिनिधिहरूले नगरपालिकाले जनताको चाहना र प्राथमिकताअनुसार विकास कार्य अघि बढाइरहेको जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 November 2025
Website | + posts