देको मिवा इतापाके आयोजना सम्बन्धी भ्रम फैलाउने गतिविधि भैरहेको छ: प्रमुख प्रजापति

देको मिवा इतापाके आयोजना सम्बन्धी भ्रम फैलाउने गतिविधि भैरहेको छ: प्रमुख प्रजापति : Icon Khabar

भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिका वडा नं. २ मा आयोजित सेवा प्रवाह तथा समसामयिक विषयक सभामा देको मिवा इतापाके आयोजना पीडित सङ्घर्ष समितिको गतिविधि प्रमुख विषयका रूपमा उठ्यो।

नगरप्रमुख सुनिल प्रजापतिले समितिले जनताको समस्या समाधानभन्दा योजनाविरोधी गतिविधि र भ्रम फैलाउने कामलाई प्राथमिकता दिएको आरोप लगाए। जग्गावालाको मागअनुसार सञ्चालन गरिएको आवास योजना नगर विकासका लागि आवश्यक रहेको भन्दै उनले सार्वजनिक र पर्ति जग्गा संरक्षण नगरपालिकाको कर्तव्य भएको स्पष्ट पारे।

वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलादेखि वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालसम्मका वक्ताहरूले पनि झूटो प्रचार र अनावश्यक विरोधले विकास कार्यमा अवरोध बनेको टिप्पणी गरे।

नेपाल क्रान्तिकारी किसान सङ्घका अध्यक्ष गङ्गाराम ज्याख्व र नेमकिपाका संयोजक गणेशप्रसाद सुवालले योजनाबारे भ्रम फैलाउने गतिविधि रोक्न आग्रह गर्दै जनताको हितमा छलफलमार्फत समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा वडास्तरका प्रतिनिधिहरूले नगरपालिकाले जनताको चाहना र प्राथमिकताअनुसार विकास कार्य अघि बढाइरहेको जानकारी गराए।

Published Date: 17 November 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर