बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ

बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ : Icon Khabar

जनकपुरधाम, कार्तिक १८ । भारतको बिहार राज्यमा २० कात्तिक (६ नोभेम्बर) देखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।

चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगको समन्वयमा सीमा क्षेत्रमा कडाइ गरिएको हो ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार भारतीय विधानसभा चुनावलाई लिएर एसएसबीले समन्वय गरेर सीमामा चेक जाँचमा कडाइ गरिएको हो ।

आगामी २०-२५ कात्तिक (६-११ नभेम्बर) सम्म बिहारमा विधानसभा चुनाव हुन लागेको हो ।

चुनावलाई लिएर ७२ घण्टा अगाडि सीमालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले सिल गर्ने जानकारी प्राप्त भएको डीआइजी ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 November 2025
Website | + posts