काठमाडौँ, कात्तिक १८ । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिए।
मन्त्री श्रेष्ठका अनुसार जोन्छेको मङ्गलबार नै भक्तपुरस्थित हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिनेभएको छ । जोन्छे राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा २०७८ पुसमा बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी थिइन् ।
उनी सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी थिइन् । पूर्व राज्यमन्त्री जोन्छे केही समयदेखि अस्वस्थ रहँदै आएकी थिइन् । उनको निधनले कांग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको मन्त्री श्रेष्ठले बताए।
नेत्री जोन्छेले लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन्।
स्वर्गीय जोन्छेको पार्थिव शरीर राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।जोन्छेका तीन जना छोरा हुनुहुन्छ ।
Published Date: 04 November 2025- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
 - 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
 - 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
 - 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1