नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ

नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ : Icon Khabar

काठमाडौं, कार्तिक ९ । नवनियुक्त दुई जना मन्त्रीले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिएका हुन् ।

आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको हो । शर्मा र गुप्तासँगै गणपति लाल श्रेष्ठ र खगेन्द्र सुनार पनि मन्त्रीमा सिफारिस भएका थिए। उनीहरुको नाममा विवाद आएपछि अन्तिम समयमा नाम काटिएको हो ।

नवनियुक्त मन्त्री गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुन् ।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 October 2025
Website | + posts