नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने

नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, कार्तिक ३ । तिहारको लक्ष्मीपूजाको अवसर पारेर नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत घोषणा गरिएको छ ।

चन्द्र पन्तद्वारा निर्देशित यो फिल्म आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्मको सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन् । पोस्टरले सन्तानको खुशीमा बुबा–आमा पनि खुशी भएको भावना व्यक्त गरेको छ ।

ग्रामीण परिवेशमा आधारित फिल्मले आमा–बाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ ।

पोस्टरमा लेखिएको संवाद ‘बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं’ ले कथा आम नेपाली परिवारको यथार्थसँग गहिरो सम्बन्ध राख्ने देखिन्छ ।

फिल्मले निर्माण पक्षका अनुसार, फिल्मले ‘घर र आमाको माया’ भन्ने भावनालाई दर्शकसमक्ष नजिकबाट प्रस्तुत गर्नेछ ।

चन्द्र पन्तको लेखन, पटकथा तथा निर्देशनमा र आर्या पन्तको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा आदि कलाकारले अभिनय गरेका छन् ।

यो फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन् ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन् । फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन् ।

यो फिल्मको विदेश प्रदर्शन अधिकार उच्च मागको साथ बिक्री भइरहको छ । हिमारु इन्टरटेन्मेन्ट प्रालिले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ । नेपालमा फिल्मको प्रदर्शन अधिकार भने आरआर फिल्म्सले गर्दैछ । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2025
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित