बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी

बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी : Icon Khabar

काठमाडौं, कार्तिक ३ । डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताएका हुन् । उनका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।

‘कसैले एक किस्ताको रकम बुझाएका छन भने कसैले ५ किस्ता सम्मको रकम एकै पटक बुझाएका छन् । अझैं २५ उद्योग किस्ता बुझाउन आएका छैनन् । ती उद्योगहरुमा कतिबेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिबेला पनि काटिन सक्छ,’ उनले भने ।

Published Date: 20 October 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु