अनलाइन वित्तीय ठगीबाट बच्न सबैलाई राष्ट्र बैंकको आग्रह

अनलाइन वित्तीय ठगीबाट बच्न सबैलाई राष्ट्र बैंकको आग्रह : Icon Khabar

काठमाडौँ, असोज २८ । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट बच्न सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

अपरिचित व्यक्ति वा नम्बरबाट वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप, इमेल, फोन वा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन सम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश आएको भए सजग रहन आग्रह गरिएको छ ।

यस्ता सन्देश वित्तीय ठगीका लागि पठाइएका हुन सक्छन् । ती सन्देशमार्फत वित्तीय ठगी र अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव राख्दै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्छ ।

त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्छ । यी सबै घटना वित्तीय ठगी भएको र यसबाट सचेत रहन राष्ट्र बैंकले भनेको छ ।

वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन र विभिन्न प्रकारका वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

Published Date: 14 October 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु