सागर डिष्टिलरी लिमिटेडको आइपीओ बाँडफाँड

सागर डिष्टिलरी लिमिटेडको आइपीओ बाँडफाँड : Icon Khabar

काठमाडौँ, असोज १२ । सागर डिष्टिलरी लिमिटेडको आइपीओ आइतबार(आज) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ आइतबार बाँडफाँड गरिएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म मागको तुलनामा २२.२५ गुणा बढी आवेदन परेको थियो ।

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा १ लाख १९ हजार ६४ जनाले सेयर प्राप्त गरेका छन् । यसरी २२ लाख भन्दा बढी आवेदकको हात खाली भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको थियो ।

कम्पनीको आइपीओमा २ अर्ब ६५ करोड एक लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा २२ गुणा बढी हो ।

कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 September 2025
Website | + posts