सागर डिष्टिलरी लिमिटेडको आइपीओ बाँडफाँड

सागर डिष्टिलरी लिमिटेडको आइपीओ बाँडफाँड : Icon Khabar

काठमाडौँ, असोज १२ । सागर डिष्टिलरी लिमिटेडको आइपीओ आइतबार(आज) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ आइतबार बाँडफाँड गरिएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म मागको तुलनामा २२.२५ गुणा बढी आवेदन परेको थियो ।

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा १ लाख १९ हजार ६४ जनाले सेयर प्राप्त गरेका छन् । यसरी २२ लाख भन्दा बढी आवेदकको हात खाली भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको थियो ।

कम्पनीको आइपीओमा २ अर्ब ६५ करोड एक लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा २२ गुणा बढी हो ।

कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो ।

Published Date: 28 September 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली