काठमाडौं, असोज १० । इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल छिन् । दुबईमा पक्राउ परेकी उनलाई बिहीबार नेपाल फिर्ता ल्याइएको हो ।
उनीविरुद्ध नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २१ चैत २०८१ मा रेड नोटिस जारी भएको थियो ।
उनी ठगी कसुरका अभियुक्त रहेको प्रहरीले बताएको छ । दाहाललाई मुद्दा सुनसरीमा रहेकाले अनुसन्धानका लागि सुनसरी पठाइएको प्रहरीले बताएको छ ।
Published Date: 26 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1