इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ : Icon Khabar

काठमाडौं, असोज १० । इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल छिन् । दुबईमा पक्राउ परेकी उनलाई बिहीबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीविरुद्ध नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २१ चैत २०८१ मा रेड नोटिस जारी भएको थियो ।

उनी ठगी कसुरका अभियुक्त रहेको प्रहरीले बताएको छ । दाहाललाई मुद्दा सुनसरीमा रहेकाले अनुसन्धानका लागि सुनसरी पठाइएको प्रहरीले बताएको छ ।

Published Date: 26 September 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली