काठमाडौँ, असोज १० । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरेको हो।
प्रहरीले त्यस्ता हातहतियार बुझाउनका लागि असोज मसान्तसम्मको समय दिएको छ।
सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ।
सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने पनि मन्त्रालयले जनाएको छ।
Published Date: 26 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1