पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि परीक्षा भदौ २८ र २९ गते गर्ने गरी तालिका सार्वजनिक गरिएको थियो। तर देशको वर्तमान परिस्थितिका कारण तालिका परिमार्जन गर्दै बोर्डले नयाँ मिति तोकेको छ ।

नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ । एक मात्र विषयमा परीक्षा दिने विद्यार्थीले त्यही दिन परीक्षा दिनु पर्नेछ । दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीलाई भने पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

त्यस्तै, असोज ८ गते दुई विषयका परीक्षार्थीहरूले आफूले दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयमा परीक्षा दिनुपर्नेछ। तर उक्त दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषय भने सञ्चालन नहुने स्पष्ट गरिएको छ ।

बोर्डले परीक्षा सञ्चालनका लागि केन्द्र निर्धारण गरिसकेको जानकारी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)