पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि परीक्षा भदौ २८ र २९ गते गर्ने गरी तालिका सार्वजनिक गरिएको थियो। तर देशको वर्तमान परिस्थितिका कारण तालिका परिमार्जन गर्दै बोर्डले नयाँ मिति तोकेको छ ।

नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ । एक मात्र विषयमा परीक्षा दिने विद्यार्थीले त्यही दिन परीक्षा दिनु पर्नेछ । दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीलाई भने पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

त्यस्तै, असोज ८ गते दुई विषयका परीक्षार्थीहरूले आफूले दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयमा परीक्षा दिनुपर्नेछ। तर उक्त दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषय भने सञ्चालन नहुने स्पष्ट गरिएको छ ।

बोर्डले परीक्षा सञ्चालनका लागि केन्द्र निर्धारण गरिसकेको जानकारी समेत दिएको छ ।

Published Date: 19 September 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु