भक्तपुर, असोज ३ । साइकल कनक्ट भक्तपुरले जुजु बाइक्ससँग सहकार्यमा ब्रेक योर साइकल – फिक्स योर साइकल (BYCFYC) प्रोग्राम अन्तर्गत आधारभुत माउन्टेन बाइक मर्मत तालिमको पहिलो संस्करण सम्पन्न भएको छ। उक्त तालिमको उद्देश्य सदस्यहरुलाई आफ्नै साइकल मर्मत–सम्भार गर्न सक्षम बनाउँदै आत्मनिर्भर र आत्मविश्वासी साइकल चालक तयार पार्नु रहेको छ।
“आसोज १ गते शुरू भएको दुई दिने यो तालिम साइकल कनेक्ट भक्तपुरका सम्पुर्ण इच्छुक सदस्यहरूलाई नियमित रूपमा प्रदान गरिने योजना छ। लगत्तै असोज ४ गतेबाट दोस्रो ब्याचको प्रशिक्षण शुरू हुनेछ। हरेक ब्याचमा अधिकतम पाँच जना प्रशिक्षार्थी रहेनछन्। तालिमको लागि स्थान, प्रशिक्षक तथा प्राविधिक सहयोग जुजु बाइक्सले प्रदान गरेको छ भने व्यवस्थापन साइकल कनेक्ट भक्तपुरले गरेको छ। “ – BYCFYC का संयोजक तथा प्रशिक्षक बिरेन्द्र दोङले बताए।
“हामीले हाम्रो साधनको आधारभुत हेरचाह गर्न सक्षम हुनुपर्छ भन्ने नै यो आधारभुत तालिमको मुख्य उद्वेश्य हो। आधारभुत तालिम सफलता पूर्वक प्राप्त गरेका प्रशिक्षार्थीलाई दोस्रो चरणमा “इन्टरमिडियत” तहमा थप बिस्तारित सीपहरू सिकाइनेछ।” – साइकल कनेक्ट भक्तपुरका सचिव सुरश त्वानाबासुले बताए।
“पैदल र पेडल मैत्री” शहरको अवधारणाका साथ अगाडी बढिरहेको साइकल कनक्ट भक्तपुरले दिगो र समावेशी साइकल संस्कृतिको निर्माण गर्ने दीर्घकालीन दृष्टि राखेको छ। संस्थाले स्वयंसेवक भावना, सक्रिय र नवप्रवर्तनशील दृष्टिकोण, सहकार्य र समन्वय, अनुशासन र निरन्तर प्रगतिजस्ता आफ्ना मूल्यमान्यतामा आधारित भएर स्थानियस्तरबाट विस्तार हुँदै जाने लक्ष्य लिएको छ।
यसै बमोजिम प्राविधिक ज्ञानको महत्वलाई आत्मसात गर्दै तालिम कार्यक्रम अगाडी बढाईएको तथा तालिम नियमित रूपमा सञ्चालन गरिने संस्थाका अध्यक्ष रियाज कर्मचार्यले आइकन खबरलाई जानकारी दिए।
Published Date: 19 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1